धरान पुगेर प्रचण्डले भने : ‘माओवादीले गर्नुपर्ने काम हर्कले गरे’



धरान,भदौ १०। नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)ले धरान पुगेर माओवादीले गर्नुपर्ने काम हर्क साम्पाङ (नेम्वाङ) ले गरेको बताए ।

धरान उपमहानरपालिकाका मेयर साम्पाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागिता जनाउँदै उनले यस्तो बताएका हुन । उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेका हुन् ।

‘सिंगै देशले उनी (हर्क)को कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उनले गरिराखेका छन् ’ उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्