जनप्रतिनिधीले गरे रानीपौवा पार्क सफाई



प्युठान,भदौ १० । जिल्लाको सरुमारानी गाउँपालिका वडा नंवर ४ बड्डडाडा नजिकै रहेको पर्यटकियस्थल रानिपौवा पार्कको सफाई गरिएको छ। नेपाली हिन्दु नारिहरुको पर्व हरितालिका(तीज) को पुर्व सन्ध्यामा शुक्रबार पार्कको सफाई गरिएको वडा सदस्य भोजबहादुर सारुले जानकारी दिए।

उनले सफाई अभियानमा वडअध्यक्ष चिन्त बहादुर सोमै मगर सहित जनप्रतिनिधी,वडामा कार्यरत कर्मचारी, नगरप्रहरी र स्थानीयहरुले साथ दिएको पनि बताए।

चाडपर्वको बेला यो पार्क घुम्न आउनेको घुईचो लाग्छ। अरु समयमा समेत सरुमारानी र यसआसपासबाट आन्तरिक पर्यटक घुमफिर तथा बनभोजका लागि रानीपौवा आउने गरेका छन।

प्रतिक्रिया दिनुहोस्