नुवाकोट समुन्द्रादेवी माध्यमिक विद्यालयका शिक्षिकाको तीज नृत्य भाइरल भएपछि



नुवाकोट, भदौ १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयका शिक्षिकाको समूह तीज गीतको भिडियो यतिबेला भाइरल भएको छ ।

विद्यालयमा आयोजित तीज विशेष कार्यक्रमको अवसरमा शिक्षिकाको समूहले गरेको ‘चिट्टिक्कै भाछु रे’ बोलको गीतको नृत्य यतिबेला सामाजिक संजालमा भाइरल भएको हो ।

सो नृत्यलाई साझापथ डटकमले सेयर गरेको थियोे । विद्यालयका शिक्षिकाहरु जानुका पण्डित, निरु तामाङ, सर्मिला तामाङ, सिता तामाङ, गीता पुडासैनी, पार्वती जमकटेल, लक्ष्मी श्रेष्ठ र नम्रता तामाङले सो गीतमा नृत्य गरेका थिए । गीतको भिडियो केहि समयमै झण्डै ७ लाख मानिसले हेरेका थिए । भिडियो हेरेपछि हज्जारौं सामाजिक संजाल प्रयोगकर्ताले अत्यन्तै मन परेको प्रतिक्रिया दिएका छन् ।

केहि ब्यक्तिले मात्र नाच्न होइन स्कुल पढाउन सुझाव दिएका थिए । उक्त कमेन्ट पढेपछि आफुहरुले नितान्त शैक्षिक कार्यक्रम स्वरुप तीज पर्वको झझल्को मेटाउन बालबालिकाका सामू सामुहिक नृत्य गरेको शिक्षिकाहरुले बताएका छन् । विद्यालयकी शिक्षिका सर्मिला तामाङले चाहे गीत संगीत नृत्य जेसुकै भएतापनि सांस्कृतिक धरोहर मान्न र जोगाउन लागिपर्न आग्रह गरिन।

प्रतिक्रिया दिनुहोस्