राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्यूठानका ३९ विद्यालय छानिए



प्युठान,भदौ ३० । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्यूठानका ३९ वटा विद्यालय छानिएका छन् । कार्यक्रममा लागि विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पठाएका थिए ।

जिल्लाका नौ वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयलाई शिक्षा विकास तथा समन्वय एकाइले सिफारिस गरेको आधारमा विभिन्न चारवटा कार्यक्रमका लागि ३९ विद्यालय छानिएको जनाइएको छ । कार्यक्रम यस आर्थिक वर्षमा कार्यान्वयन हुनेछन।

माण्डवीमा ४ विद्यालय
जिल्लामा रहेको नौ वटा पालिकामध्ये माण्डवी गाउँपालिकाका ४ वटा विद्यालय परेका छन् । नेरा आधारभुत विद्यालय थक्लेनीलाई ४ कोठे भवन, कामाक्षी मावि उदयपुरकोटलाई २ कोठे भवन परेको छ । गणेश आधारभुत विद्यालय ढिकावन र सुन्नानी आधार मावि मर्कावाङलाई आईसिटी कार्यक्रम परेको छ ।

झिमरुकमा ५ विद्यालय

झिमरुक गाउँपालिकामा ५ वटा विद्यालय छनौट भएका छन । सिता आवि कुतालाई चार कोठे भवन, नेरा आवि हिरापोखरीलाई २ कोठे भवन, प्रभात मावि आहालखोलालाई २ कोठे भवन परेको छ । त्यसैगरि नेरा मावि मर्कावाङ र कमेरपानी आवि चोरमारेलाई आईसिटी कार्यक्रम परेको छ ।

प्यूठान नगरपालिकामा ७ विद्यालय

प्यूठान नगरपालिकाका ७ वटा विद्यालय छनौट भएका छन । जानकी मावि चितिखोला, धर्मभक्त आवि मानागाउँ, जनक प्रावि ओखरकोटलाई २ कोठे भवन, सिद्ध मावि जुमृकाँढा र विधभण्डार आवि धगेलाई ४ कोठे भवन परेको छ । धर्मावती मावि लम्छ्याङनेटा र नेरा मावि टारीलाई आईसिटी कार्यक्रम परेको छ ।

स्वर्गद्धारी नगरपालिकामा ४ विद्यालय

स्वर्गद्धारी नगरपालिकाका ४ वटा विद्यालय छनौट भएका छन । जनप्राणी प्रावि कसुण्डे कोचिवाङलाई २ कोठे भवन, बाल मावि अडेवासलाई ४ कोठे भवन परेको छ । विद्यानन्द मावि जुडापाटा र नेरा आवि स्यानिलेक सारीलाई आईसिटी कार्यक्रम परेको छ ।

सरुमारानी गाउँपालिकामा ४ विद्यालय

सरुमारानीका ४ विद्यालय छनौट भएका छन् । सरस्वती मावि चाभालाई ४ कोठे भवन, खड्केश्वरी मावि दर्भानलाई २ कोठे भवन, नेरा आवि हंसपुर र श्रमरानी मावि बुढीचौरलँई आईसिटी कार्यक्रम परेको छ ।

मल्लरानी गाउँपालिकामा २ विद्यालय

मल्लरानी गाउँपालिकाका २ वटा विद्यालय छनौटमा परेका छन । जनता मावि लुक्कालाई ४ कोठे भवन र शारदा मावि चौरपानीलाई २ कोठे भवन परेको हो ।

गौमुखी गाउँपालिकामा ४ विद्यालय

गौमुखी गाउँपालिकाका ४ वटा विद्यालय छनौट भएका छन । जनसहयोगी मावि दशमुरे खुङलाई ४ कोठे भवन, खरा मावि रजवारलाई २ कोठे भवन, बालजिवन सुधार आवि खलाचौर र नेरा आ.वि नेटा रजवारालाई आइसिटी कार्यक्रम परेको छ ।

नौबहिनीमा ५ विद्यालय

नौबहिनी गाउँपालिकाका ५ वटा विद्यालय छनौट भएका छन्। नेरा आवि गोगनपानी फोप्ली र जनज्योति मावि लुङलाई ४ कोठे भवन, सरीप्रकाश आवि सरीमालाई २ कोठे भवन र शवि मावि स्याउलिवाङ र गंगा मावि बाहानेलाई आईसिटी कार्यक्रम परेको हो ।

ऐरावतीमा ४ विद्यालय

ऐरावती गाउँपालिकाका ४ विद्यालय छनौट भएका छन । पद्मोदय मावि धुवाङ र जनता मावि विजुलीलाई आईसिटी कार्यक्रम परेको छ भने सूर्यमूखी प्रावि ददेरीपाटा बरौलालाई ४ कोठे भवन र जनकल्याण आवि हर्नाघाटलाई २ कोठे भवन परेको छ ।

प्रतिक्रिया दिनुहोस्