२ दिन मै १५ हजारले अग्रिम टिकट बुकिङ गरे



काठमाडौं,असोज ३ । सरकारले असोज १ गतेदेखि दशैं, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । नयाँ बसपार्कबाट २ दिन मै १५ हजार यात्रुले अग्रिम बस टिकटको लिएको छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार १५ हजार भन्दा बढीले टिकट लिइ सकेका छन् । जसमध्ये असोज १ गते शनिबार सात हजार र असोज २ गते आइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

सरकारले सबै क्षेत्रकालाई अग्रिम टिकट खुला गरेको हो । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । दशैंका लागि करिब २३ लाख भन्दा बढी यात्रुले काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्