नुवाकोट बेलकोटगढीका सडकमा दसैँअगावै गाडी चल्ने



नुवाकोट,असोज ४ । जिल्लाको बेलकोटगढी नगरपालिकामा रहेका सडकमा दसैं अगाडि नै गाडी सञ्चालन हुने भएको छ । यस क्षेत्रका सडक मर्मतसम्भार गरि सडक सञ्चालन गरिएको नगरप्रमूख जगतबहादुर गुरुङले बताए ।

बर्खायामको बाढीले क्षति पुर्याएसँगै अवरुद्ध भएका सडक दसैँअघि नै मर्मतसम्भार गर्न बजेट विनियोजन गरिएको थियोे । नगरभित्र रहेका अधिकांश सडक बर्खायाममा क्षति पुगेर संचालन नै नहुने अवस्थामा पुगेको थियोे ।

नगर प्रमुख गुरुङका अनुसार यही सातादेखि काम सुरु गर्न नगरमा रहेका १३ वटै वडालाई रु सात लाख दरले बजेट उपलब्ध गराइएको छ । “अहिले उपलब्ध गराइएको बजेट पर्याप्त नभए पनि काम सुरु गर्न सहज बनाएका हौँ”, नगरप्रमुख गुरुङले भने, “आवश्यकताका आधारमा बजेट अपुग भएको स्थानमा नगरले ‘विशेष सम्बोधन’ गर्नेछ ।”

स्काभेटर (हेभी उपकरण) प्रयोग गरेर विस्तार गरिएका सडक अधिकांश जेठको अन्तिम साता परेको अविरल वर्षातपछि अवरुद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्