नागरिकका समस्या समाधान गर्न सरकार गम्भीर छ : गृहमन्त्री गुरुङ



गोरखा,कात्तिक १६ । गृहमन्त्री सुधन गुरुङले नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल भइरहेको बताउनुभएको छ ।

आइतबार गोरखा सदरमुकाममा बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा गृहमन्त्री गुरुङले पाँच वर्षभित्र परिणाम देखिने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

जनताको पक्षमा कसरी काम गर्न सकिन्छ र नागरिकलाई कसरी राम्रो सेवा दिन सकिन्छ भन्नेमा सरकारको जोड रहेको उहाँको भनाइ थियो । अहिले जनताले विकासको राजनीति चाहेको उल्लेख गर्दै उहाँले जनअपेक्षाअनुसार काम भइरहेको बताउनुभयो ।

गोरखा–१ बाट निर्वाचित सांसदसमेत रहनुभएका गृहमन्त्री गुरुङले आइतबार नै गोरखा नगरपालिका–६ शक्तिचोकमा आफ्नो निजी सचिवालय स्थापना गर्नुभएको छ ।

जनताका गुनासा, समस्या तथा विकास निर्माणसँग सम्बन्धित विषयलाई सम्बोधन गर्ने उद्देश्यले सचिवालय स्थापना गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्