नुवाकोट छहरे-टोखा यात्रा: अझै पन्छाइएन पहिरोको भग्नावसेस

नुवाकोट,असोज ४ । काठमाडौं र नुवाकोट ओहोरदोहोर गर्ने छोटो सडकखण्ड छहरे-टोखा सडकखण्डको गुर्जे भञ्ज्याङमा गएको पहिरोको भग्नावसेस अझै पन्छाइएको छैन । अवरुद्ध सडकको ढुङ्गामाटो पन्छाएर सडक सुचारु गरिएको २ साता बितिसक्दा पनि यसको बाकी भग्नावसेसबारे नसोच्दा यस सडकहुँदै गरिने यात्रा जोखिमपूर्ण भएको हो।
चाडवाडका समयमा अत्याधिक चाप हुने यस सडकखण्डमा पहिरो गई ढलानको भग्नावसेस मात्र बाकी रहेकाले जुनसुकै समयमा दुर्घटना हुनसक्ने स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।
हाल सो सडकखण्डमा यात्रु झारेर सवारीसाधन मात्रै पास गराउने गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको कार्यालयदेखि भञ्ज्याङ् सम्म यात्रु ओराली सवारीसाधन आवतजावत गराइएको छ ।
पहिरो गएको दुई हप्ता बितिसक्दा पनि सडकको (ढलान) भग्नावसेस पन्छाउन न सडक विभागले चासो दिएको छ, न न त स्थानीय सरकारले । यात्रुले भने ओर्लनु र उक्लनुको सास्ती ब्यहोर्नु परेको पञ्चकन्याका सानुकान्छा गिरीले बताए । चाडबाड नजिकिँदै गएको र केन्द्रिय चुनावको माहोल बढ्दै गएपनि नेताकार्यकर्ताले उक्त जोखिमबारे चासो नदिएको गिरीले बताए ।