आरआर क्याम्पसले ३४ दिन दशैं तथा दीपावली बिदा दिने



काठमाडौं,असोज ६ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले असोज १० गतेदेखि कात्तिक १३ गतेसम्म दशै तथा दिपावली बिदा दिने भएको छ ।

क्याम्पसले एक सूचना प्रकाशित गर्दै ३४ दिन विजय दशमी तथा शुभ दीपावली, नेपाल संवत् ११४३, छठ लगायत चाडपर्वको लागि बिदा दिने जनाएको हो । साथै, विजय दशमी तथा शुभ दीपावलीको अवसरमा सम्पूर्णलाई शुभकामना सन्देश पनि क्याम्पस ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्