नुवाकोट शिवपुरीका शताब्दी पुरुष थपलियाको निधन



नुवाकोट,असोज ६ । जिल्लाको शिवपुरी गाउँ पालिका वडा नम्बर ८ का १०३ वर्षीय बृद्ध ज्ञानप्रसाद थपलियाको निधन भएको छ ।

केहि समय यता अस्वस्थ थपलियाको बिहीबार आफ्नै निवासमा निधन भएको हो ।

थपलिया कुम्भेश्वर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक राजन थपलियाको बुबा तथा पत्रकार रबिन थपलियाको हजुरबुबा हुन। यस क्षेत्रकै बढी उमेर बाचेका (शताब्दी पुरुष )वृद्ध थपलियाको निधनमा विभिन्न संघ संस्थाले शोक वक्तव्य प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्