रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु



रुकुमपूर्व,असोज ६ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्वर ३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बिहीबार काठमाडौँदेखि रुकुमकोट आउँदैगरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटना स्थलमै ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो ।

उनका अनुसार मृतकहरूको सनाखत भएको छैन । १७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्