जुरीखेत अपडेटः मृतक ७ जनामा २ जनाको परिचय खुल्यो



हेटौंडा,असोज ७ । मकवानपुरको भीमफेदी-६ को जुरीखेतमा बस दुर्घटनामा मृत्यु भएका ७ जनामा २ जनाको मात्र सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेका अनुसार दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये २ जनाको मात्र परिचय खुलेको हो ।  उनका अनुसार परिचय खुलेकाहरुमा नुवाकोट घर भएर रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपने र बाराका ३३ वर्षीय अन्दुवा मियाँ ठकुराई रहेका छन् । मृत्यु भएका ५ जनाको परिचय खुल्न बाँकी रहेको छ ।

बिहीबार दिउँसो हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्गमा काठमाडौंबाट विरगंज जान आउँदै गरेको ना ३ ख ७८५८ नंबरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जना र उपचारको क्रममा एक जना गरी ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा २ दर्जन बढी घाईते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस आफै अनिन्त्रित भएर सडकबाट करिब ६० मिटर तल सडकमा खस्दा हेटौंडाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३००१ ज ०२७१ नंबरको सुमोमा ठोक्किदाँ सुमोको यात्रु समेत घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्