नेपाल रिङ्ग रेस्लिङ संघ नुवाकोटले आज प्रेस मिट गर्दै



नुवाकोट,असोज ७ । नेपाल रिङ्ग रेस्लिङ संघ नुवाकोटले आज पत्रकार भेटघाट कार्यक्रम तय गरेको छ ।

यहीँ असोज १५ गते नुवाकोट शिवपुरी ६ गुर्जेस्थित कालिका माध्यमिक विद्यालयमा हुन गइरहेको रिङ रेस्लिङ कार्यक्रम बारे जानकारी गराउन पत्रकार भेटघाट राखिएको बुझिएको छ ।

कार्यक्रममा नेपाल रिङ रेस्लिङका अध्यक्ष सुवर्ण श्रेष्ठ, नेपाल रिङ्ग रेस्लिङ संघ नुवाकोटका अध्यक्ष प्रह्लाद थापा, रेस्लर नुवाकोटे टाइगर लगायतको उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्