बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,असोज ७ । शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो ।

नेपाल बजारमा बिहीबार ९१ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै,साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्