मन्त्रीकी श्रीमतीको नक्कली शैक्षिक प्रमाणपत्र



कैलाली,असोज ७ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन् ।

बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर हो ।

प्रतिक्रिया दिनुहोस्