हेटौंडामा पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ताः २ जना मृत भेटिए



मकवानपुर,असोज ७ । मकवानपुरको हेटौंडा-५ र ७ को सिमाना न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालक मध्ये २ जना मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार साँडे ५ बजे पौडी खेल्न गएका ३ जना बालक बेपत्ता भएकामा २ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनले मृतकको परिवार आएपछि शवको सनाखत हुने बताए । उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता हुनेहरुमा हेटौंडा-१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्