नुवाकोट शिवपुरी गाउँपालिका तरुणदलको अध्यक्षमा रुपेश गुरुङ



नुवाकोट,असोज ८ । नुवाकोट शिवपुरी गाउँपालिका तरुणदलको अध्यक्षमा रुपेश गुरुङ चयन भएका छन् । शनिबार गाउँपालिकाको साविक २ नम्बर छापमा भएको भेलाले अध्यक्ष पदमा गुरुङलाई चयन गरेको हो।

कार्यसमितिकोको बरिस्ठ उपाध्यक्षमा केदार पाठक, उपाध्यक्षमा दिनेश तामाङ र सुबास तामाङ, सचिबमा अभियान आचार्य र रविन पाण्डे, सहसचिवमा सुजन तामाङ, र प्रदीप लामा चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा दिपक तामाङसहित १९ सदस्यीय कार्यसमिति निर्माण गरिएको नेपाली काङ्ग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ का सचिब शिव गुणीले बताए ।

प्रतिक्रिया दिनुहोस्