तोकियो खसी, बोका र च्यांग्राको मूल्य : अब प्रतिकिलो कुनको कति ?



काठमाडौं,असोज १२ । दशैंका खसी, बोका र च्यांग्राको मूल्य निर्धारण भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि सहुलियत दरमा खसीबोका र च्यांग्राको मूल्य निर्धारण गर बिक्री सुरु भएको छ ।

कम्पनीले आज अर्थात असोज १२ गते बुधवारदेखि थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसीबोका र च्यांग्रा बिक्री सुरु गरेको हो ।

खसीबोका, भेडा च्याङ्ग्राको व्यापार र खपत सबैभन्दा अधिक यही दशैँमा नै हुनेगर्छ तर, यसको मूल्य समान भएको पाईंदैन । जसका कारण यसवर्षको दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका सहुलियतको खसीबोका र भेडा, च्याङग्राको मूल्य पनि निर्धारण गर्नेगर्दछ ।

कम्पनीका अनुसार व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो । खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा १० रुपैयाँ छुट पाईने कम्पनीले जनाएको छ ।

यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् ।

छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्ने बताइएको छ । खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्