दशैंको मुखैमा बढ्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,असोज १३ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुन तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

साताको चौंथो कारोबार दिन अर्थात बुधवार ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन बुधवार ९१ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई १ हजार १७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने १ हजार १४५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्