मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द



काठमाडौं,असोज १४ । नेपाल राष्ट्र बैंकले मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको छ ।

एक सूचना निकाल्दै बैंकको विदेशी विनियम व्यवस्थान विभागले नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य अनिश्चितकालका लागि बन्द गरिएको जानकारी जनाएको छ ।

सूचना अनुसार अर्को व्यवस्था नभएसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग उक्त नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्