साढे ६ महिनामा सुनको भाउ तोलाकै १४ हजार सस्तियो, अन्तरराष्ट्रिय बजारमा नेपालभन्दा दोब्बर सस्तो



काठमाडौं,असोज १५ । गएको २५ फागुनमा नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको थियो । त्यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा २४ क्यारेट सुनको भाउ तोलाकै १ लाख ५ हजार ५०० रुपैयाँ तोकेको थियो । त्यसपछि ओरालो लागेको सुनको मूल्य ५ असोजमा ९१ हजार ३ सय रुपैयाँमा ओर्लियो । यसरी लगभग ६ महिनाकै बीचमा सुनको मूल्य तालामा १४ हजार २०० रुपैयाँसम्म सस्तिएको छ ।

युक्रेनमा रुसले सैन्य हमला सुरु गरेपछि गत वर्षको माघ अन्तिम साता पनि सुनको भाउ ९३ हजारकै वरिपरिबाट उकालो लाग्न थालेको थियो । नेपाली बजारमा सुनको भाउ डेढ–दुई वर्षदेखि नै तोलाको ८९ हजारदेखि ९५ हजारको बीचमा रहँदै आएको थियो । युक्रेन युद्धले उचालेको सुनको मूल्य अहिले विश्वब्यापी आर्थिक मन्दीको जोखिम, संसारभरको महँगी र ब्याजदर बृद्धि जस्ता कारणले ओरालो लाग्न थालेको छ ।

सुनको मूल्यले दुई सातायता युक्रेन युद्ध सुरुहुनु अगाडीकै स्तरमा फर्किएको छ । तर यो पनि हाम्रो लागि बढी महँगो हो । अहिले अमेरिकी डलर असाध्यै महँगिएका कारण सुनको भाउ घट्नु पर्नेजति पनि घटेको छैन । डलरको भाउ पछिल्लो एक वर्षमा झण्डै १३ रुपैयाँ महँगिएर एक डलरको सटही दर १३१ रुपैयाँ पुगेको छ । डलर पहिलेजस्तै भाउमा हुन्थ्यो भने अहिले अन्तरराष्ट्रिय बजारमा सस्तिएको सुनको लाभ नेपालीले झनै बढी पाउँथे ।

प्रतिक्रिया दिनुहोस्