काठमाडौं वर्ल्ड स्कुललाई ‘उत्कृष्ट विद्यालय पुरस्कार’, अध्यक्ष झा ‘एजुकेशनल लिडर अफ द इयर’



काठमाडौं,असोज २८ । काठमाडौं वर्ल्ड स्कुलले ‘उत्कृष्ट विद्यालय पुरस्कार’ प्राप्त गरेको छ भने स्कुलका अध्यक्ष ई.डा.मिथिलेशकुमार झा ले ‘एजुकेशनल लिडर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् ।

बिहिबार दुबईमा आयोजित नेपाल एजुकेशन अवार्ड समारोहमा दुई अवार्ड झा र काठमाडौं वर्ल्ड स्कुलले प्राप्त गरेको हो ।काठमाडौं वर्ल्ड स्कुल नेपालको उत्कृष्ट स्कुलभित्र पर्छ । स्कुलमा स्वदेशका मात्रै नभई विदेशका विद्यार्थीहरु समेत अध्ययन गरिरहेका छन् ।

भक्तपुरको सुर्यविनायकस्थित गुण्डुमा रहेको स्कुल आधुनिक,उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडी बढिरहेको छ ।

यस्तै, स्कुल व्यवस्थापन समितिकाका अध्यक्ष ई.डा. झा लामो समयदेखी शैक्षिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनी नेपालको शैक्षिक विज्ञको रूपमा चिनिन्छन ।

अवार्ड पाएपछि काठमाडौँ वर्ल्ड स्कुल व्यवस्थापन समितिकाका अध्यक्ष ई.डा. झाले खुसी साट्दै कामको पहिचान पाउनु धेरै कृतज्ञताको अनुभूति व्यक्त गरे । उनले भने,-‘नेपाल एजुकेशन अवार्डको लागि सम्पूर्ण व्यवस्थापन टोलीलाई धन्यवाद दिन चाहन्छु। साथै सम्पूर्ण काठमाडौं वर्ल्ड स्कुल टोलीलाई बधाई दिन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्