बल्ल पायो भद्रुटारको बच्छला माद्यामिक विद्यालयले ब्यवस्थापन समिति



नुवाकोट,असोज ३० । लामो समयदेखि हुन नसकेको भद्रुटारको बच्छला माध्यमिक विद्यालयको ब्यवस्थापन समिति अन्ततः पूर्णता पाएको छ ।

अध्यक्ष दावेदार बीच सहमति जुट्न नसक्दा सो विद्यालयले ब्यवस्थापन समिति पाउन सकेको थिएन । आइतबार विद्यालयमा भएको अध्यक्ष पदमा दावेदारहरुको छलफलले अध्यक्षमा पुनः यमबहादुर थापालाई चुनेसंगै ब्यवस्थापन समितिले गति पाएको छ ।

समितिको अन्य पदाधिकारीहरुमा सदस्यमा कविता कंडेल, पुष्कर गिरी, प्रमिला बुढाथोकी रहेका छन् ।त्यस्तै मनोनीत सदस्यहरुमा नेत्रलाल सिटौला, सुष्मा सिटौला, पदेन सदस्य वडा नम्बर ५ का अध्यक्ष माधब सिटौला र सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक उषादेवी गुणी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्