विरोधीले पार्टी पंक्तिमा भ्रम फैलाएका छन् – राधिका तामाङ



काठमाडौं,कात्तिक ५ । माओवादी केन्द्रकी नेतृ तथा नुवाकोट क्षेत्र नम्बर १ की उम्मेदवार राधिका तामाङले आफ्नो पार्टी पंक्तिमा विरोधीले भ्रम फैलाएको बताएकी छिन ।

शनिबार नुवाकोट-काठमाडौं सम्पर्क मञ्च तथा गठबन्धनको तिहार विशेष कार्यक्रमलाई सम्बोधनको क्रममा यसो भनेकी हुन।

‘विरोधीले माओवादी केन्द्र पार्टीलाई पार्टी नै होइन बिस्तारै स्वतन्त्र पार्टी हुने भन्दै भ्रम फिजाइएको छ ।’ नेतृ तामाङले भनिन् -हामीले भोलिका दिनमा एकजुट भएर विजयी हासिल गर्नैपर्छ।

एमाले नेता बद्री मैनालीलाई इन्कित गर्दै तामाङले हितबहादुर तामाङ र राधिका तामाङ धन सम्पत्ति भएको ब्यक्ति होइन, धनीले त गोल्ड स्टोर खाईदियो। ‘बितेको पाँच वर्षमा हामीले खायौं त सिर्फ सरकारको मापदण्डमा रहेर तलब खाएका हौं ।’

आउदो चाड विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी केन्द्रका नेता तथा नुवाकोटका उमेदवार हितबहादुर तामाङ, नेतृ राधिका तामाङ, बिमला सुवेदी, नेपाली काङ्ग्रेसका नेता डाक्टर रामशरण महत, प्रकाशशरण महत, रमेशकुमार महतलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्