नुवाकोट क्षेत्र नं. १ तरुणको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



नुवाकोट,कात्तिक २४ । नुवाकोट तरुण दल क्षेत्र नम्बर १ अन्तर्गतका ७ वटै गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार काठमाडौमा भएको नेपाल तरुण दलका केन्द्रिय अध्याक्ष विद्वान गुरुङको प्रमुख उपस्थिति तथा नुवाकोट क्षेत्र नम्बर १ नेपाल तरुण दलका संयोजक सन्जिव गुरुङको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीलाई नजिकिदो निर्वाचनमा युवा पंक्तिले के कस्ता भूमिका निर्वाह गर्न सकिन्छ जस्ता कुराहरुको प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा तरुण दलका यदुमान लामा, सुर्य लामा, सन्दिप लामा, कुमार गुरुङ, जगदिश कुइकेल, रजकुमार खडका लगायतले मन्तव्य राखेका थिए ।

नेपाल तरुण नुवाकोट क्षेत्र नम्बर १ का संयोजक सन्जिव गुरुङले नागरिकको हक हित र सम्मान को लागि लड्न र संविधान रक्षाका निम्ति एकजुट भएर युवा लागी पर्न अनुरोध गरे ।

प्रशिक्षण कार्यक्रममा तरुण दल शिवपुरीका अध्यक्ष रुपेश गुरुङ, लिखुका राजन ढकाल, सुर्यगढीका राजेन्द्र गुरुङ, ककनीका सुस तामाङ, दुप्चेश्वरका विवेक तामाङ, पञ्चकन्याका सुनिल लामा, तादीका सोबित तामाङलाई सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्