प्रकाशमानलाई भोट माग्दै बाबुराम, ‘गणतन्त्र जोगाउन प्रकाशमानलाई भोट दिनुस्’



काठमाडौं,कात्तिक २६ । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा भोट माग्दै गरेको अवस्थामा भेटिए पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ।

कुनै समय माओवादी युद्धको नेतृत्व गर्दै कांग्रेसको कडा आलोचक भट्टराई अहिले तिनै कांग्रेस नेताको घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । 

कार्यक्रममा भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताए । उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरूलाई काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए।

उनले गठबन्धनमा साझा उम्मेदवारहरूले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमानलगायत गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस्