को हुन् बैतडी प्रदेश सभा ‘क’ का उम्मेदवार सुरेन्द्र पाल ?



बैतडी,कार्तिक २६ । बैतडी प्रदेश सभा क्षेत्र नं ‘क’ मा प्रदेशसभा सदस्यका लागि मुख्य रुपमा ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये एक हुन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र पाल ।

प्रदेश सभाको निर्वाचनमा पहिलो पटक होमिएका पाल २०५४ सालमा स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा निर्वाचित हुँदै २०७५ र एमालेको दसौं जिल्ला अधिवेशनबाट बैतडी अध्यक्षमा निर्वाचित भएका अनुभवी नेता हुन् ।

चुनावको मिति नजिकिएसँगै उनी जनताको समस्या बुझ्न र घरदैलो अभियानमा व्यस्त रहेका छन् । प्रदेश सभा ९क० सबै ठाउँबाट महिलादेखि वृद्धवृद्धासम्म सबैले निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनी बताउँछन् ।

निश्वार्थ रुपले कार्यकर्ताहरुको साथ सहयोग र आम मतदाताको सकारात्मक प्रतिक्रियाले आफुलाई चुनाव जित्न कठिन नहुने उनको भनाइ छ ।

विकास र समृद्धिको अभियानसँगै राष्ट्रियताको संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रम एमालेकै नीति र कार्यक्रम अन्तरगत अगाडी बढिरहेको उनले बताए ।

सुशासन, विकास, समृद्धि र समावेशिताका लागि एमालेलाई विजयी गराउन सबै जनताहरुमा अनुरोध गरेका छन् । जिल्लाको विकासको लागि केही गरौँ भनेर आफु पहिलो पटक चुनावमा होमिएको उनको भनाई छ ।

‘मेरो कमाउनु केही छैन्, निर्वाचित भएपछि जनताहरुकै लागि काम गर्छु’ उनले भने, ‘यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ ।’ आफूले अधुरा काम पुरा गर्नुका साथै सिंगो प्रदेशसभा क्षेत्र ९क० को विकासका लागि दिलो ज्यान लगाएर काम गर्ने पालले प्रतिवद्धता जनाएका छन् ।

विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको सामना गर्दै बैतडीमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन आफ्नो जिवनमा विभिन्न त्याग एवंम सङ्घर्ष गरे ।

२०७१ सालमा नेकपा एमाले बैतडी जिल्लाको कमिटीको कार्यवाहक नेतृत्व सम्हाले । २०७५मा नेकपा एमाले र माओवादी केन्द्रका बिच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको पनि बैतडी जिल्ला अध्यक्ष भए ।

नेपाल कम्युनिस्ट पार्टीको बैतडी अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लागिरहे ।

नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भए । पाल समग्र जिल्लाको शिक्षा,स्वास्थ्य,भोतिक निमार्णको सवालमा सधै कम्मर कसेर लागिरहने अनुभवी नेता हुन् ।

को हुन् पाल बैतडीको विकाशका लागि के—के गरे ?

सुरेन्द्र पाल २०४६ साल देखि नेपाली राजनीतिमा होमिएका हुन् । उनले २०४६ देखि नै निस्वार्थ भावले सक्रियताका साथ होमिएर बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुखीएवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरे ।

२०५० सालमा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य भए । २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा राष्ट्रिय पञ्चायत सदस्य समेत रहेका नेपाली काँग्रेसका कम्मान बहादुर पाललाई पराजित गर्दे अध्यक्षमा निर्वाचित भए ।

उनी निर्वाचित भएपछि समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटिएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको सामना गर्दै बैतडीमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन आफ्नो जिवनमा विभिन्न त्याग एवंम सङ्घर्ष गरे ।

२०७१ सालमा नेकपा एमाले बैतडी जिल्लाको कमिटीको कार्यवाहक नेतृत्व सम्हाले । २०७५मा नेकपा एमाले र माओवादी केन्द्रका बिच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको पनि बैतडी जिल्ला अध्यक्ष भए ।

नेपाल कम्युनिस्ट पार्टीको बैतडी अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लागिरहे ।

नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भए । पाल समग्र जिल्लाको शिक्षा,स्वास्थ्य,भोतिक निमार्णको सवालमा सधै कम्मर कसेर लागिरहने अनुभवी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्