एमालेको सत्रुता, अशिक्षा, गरीबी र पछौटेपनसँग हो : आचार्य



अर्घाखाँची,कात्तिक २६ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेको कुनै पनि दल बिशेष सँग झगडा नभएको बताएका छन् ।

नेकपा एमाले द्वारा छत्रदेव-४ को केरुङ्गामा आयोजित चुनावी कार्यक्रममा मन्तव्य राख्दै उनले नेकपा एमालेको सत्रुता गरिबी, अशिक्षा र पछौटेपन सँग भएको बताए । उहाँले मुलुकमा राजनितीक परिवर्तन भएपनि जनताको जिवनस्तरमा अपेक्षाकृत सफलता हासिल हुन नसकेको प्रति दु:ख व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका उहाँले कृषि र पर्यटनको माध्यमबाट स्वरोजगारी सिर्जना गरि हजारौं व्यक्तिलाई रोजगारीमा जोड्ने प्रतिबद्धता जनाए । अर्घाखाँची जिल्लामा कृषि र पर्यटनको बलियो संभावना रहेको भन्दै उनले त्यसको निम्ति आफुले बिशेष योजना समेत बनाएको बताए ।

नेकपा एमालेको तर्फबाट प्रदेश सभा ( क ) का उम्मेदवार समेत रहनु भएका उहाँले छत्रदेबमा साईराम खानेपानी आयोजना,संगम दीप लिफ्ट खानेपानी आयोजना, मथुरा कृषि क्याम्पस देखि चाँपटारी बलेबाङ सडक, खहडी-दुन्द्रुक-बल्कोट-झिरबास-राङबास सडक, आँपगौरी-महपोखरी-बेलाहा मोटरबाटो, मथुरा -पिरा फाँट सिचाइ कुलो निर्माण योजना, मथुरा -पिरा फाँट सेरा सिचाइ कुलो निर्माण योजना, बुढादी सिंचाइ योजना, बल्कोट पौवा पुनर्निर्माण, बल्कोट १५ शैयाको अस्पताल भवन निर्माण, ठाडा खोला -बर्वोट लिफ्ट खानेपानी आयोजना ,ढोवाटा खहरे लिफ्ट खानेपानी आयोजना, सिस्नेखोला धरमपानी लिफ्ट खानेपानी आयोजना, सन्धिखर्क तम्घास मोटर बाटो, ठुलाखर्क- भुल्के लिफ्ट खानेपानी आयोजना, चिदीका १-२ लिफ्ट खानेपानी आयोजना, काठेका रुख लिफ्ट खानेपानी आयोजना, खहरे सिंचाइ योजना छत्रदेव-१ र २, चौवाटार सिंचाइ योजना, दामालिङ टार सिंचाइ योजना, खुर्साने डांडा-कट्टी-गेदवास सडक,गैरी-पिप्ला-धरम पानी -अरल्का सिमी चौर मोटर बाटो,च्यानडांडा-जरेखोला-ठुला पोखरा -छत्रगञ्ज -पाटी सडक, अर्घातोष-चिदीपानी-सल्लिकोट सडक ,ठुला पोखरा -डिही-मोडेल चौर-सिमी चौर सडक ,खर्ञ्याङ-ठुला खर्क-साजबोट- बेलाहा-चिदीपानी चौरी मोटर बाटो लगायत सयौं बिकास निर्माणका योजना संचालनमा ल्याएको बताए ।

आचार्यले यी योजना बाट मात्रै आफू सन्तुष्ट हुन नसकेको भन्दै थप योजना मार्फत छत्रदेवमा बिकासको मोडल देखाउने गरि अगाडि बढेको बताए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका उपसचिव शम्भु प्रसाद पोख्रेलले जिल्लाको बिकास र समृद्धिको निम्ति नेकपा एमालेलाई विजयी गराउन आग्रह गरे । उनले नेकपा एमालेको पहलमा जिल्लामा थुप्रै बिकास निर्माणका काम भएको भन्दै यस पटकको निर्वाचनमा पनि बिजयी हुने सुनिश्चितता रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्