नेपाली काङ्ग्रेसले हसियाँ हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने प्रचण्डको भनाइ



गोरखा, कार्तिक २६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब हसियाँ हथौडामा भोट हाल्न नेपाली काङ्ग्रेस हिच्किचाउन नपर्ने बताएका छन् ।

शनिबार गोरखा जिल्ला पालुङटार नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा मन्तव्यको क्रममा उम्मेदवार प्रचण्डले नेपाली काङ्ग्रेस र माओवादीबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउदै रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका हुन् ।

उनले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने बताए । “राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उनले भने, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्