एमाले जिताउन किस्पाङमा उर्लियो जनसागर



नुवाकोट,कात्तिक ३० । नेकपा एमाले जिताउन नुवाकोटको किस्पाङमा जनसागर उर्लिएको छ । एमाले नुवाकोटले निर्वाचन गतिविधि चुस्त रूपमा अघि बढाएको छ ।

यसैबीच नेकपा एमाले किस्पाङ गाउँपालिका कमिटीले बुधबार आयोजित चसनावी सभा सम्पन्न गरेको छ । सभामा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार नारायण प्रसाद खतिवडाले नेकपा एमालेको नेतृत्वमा मात्रै देश समृद्धि तर्फ जाने बताए । उनले अहिले गठबंधन दर्शन ढुङ्गा र नुनका ढिका जस्तै रहेको बताए । उनले भने,”दर्शन ढुङ्गा र नुनका ढिका उस्तै हुन गठबन्धन । न घुल्छ तर ढुङ्गा घुल्दैन ।”

उनले १ कार्यकालमा धेरै थालेका काम पुरा गर्न एमालेलाई मत दिनुपर्ने बताए । एमालेले नै गाउँ गाउँमा स्वास्थ्य चौकी र विद्यालय र सडक निर्माण गर्नेछ, त्यसैले ढुक्क भएर एमालेलाई भोट दिनुहोस् – खतिवडाले भने । २०४६ सालको परिवर्तनको लागी आफु आन्दोलन गर्दै गर्दा अर्जुननरसिंह केसी पञ्चायत बचाउन प्रतिकार समितिमा लागेका थिए । खतिवडाले भने सोही अवसरमा सच्चा विपी भक्त कांग्रेसले केसीलाई मतदान नगर्ने खतिवडाको दाबी छ ।

सभामा प्रदेशसभाका उम्मेदवार विजय लोप्चन, समानुपातिक प्रदेश साँसद श्रीमाय तामाङ, निवर्तमान प्रदेश साँसद आशामाया तामाङ,नेपाल खेलकुद महासंघका उपमहासचिव रामकृष्ण खड्का, प्रेस चौतारी नेपालका सचिव विष्णु तारूके, एमाले बागमती प्रदेश कमिटी सदस्य डा। अजितमान तामाङ, रामहरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्