राष्ट्र, राष्ट्रियता र क्षेत्रका विकासका लागि ज्यान दिन तयार छु: कुन्ती पोख्रेल



काठमाडौं,मंसिर १ । आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेलले आज राष्ट्रिय प्रजातन्त्रपार्टीले शंखरापुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोध गरेकी छिन् । कार्यक्रममा बोल्दै उनले तपाईंहरुको यो उपस्थितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ऐतिहासिक जित हासिल गर्ने बताएकी छिन् । उनले ‘म समानुपातिकमा नबसी प्रत्यक्षमा उठेर राम्रा काम गरेँ लागेको छ भन्दै मतदातासँग सुखदुःख साटासाट गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

उनले भनिन्, ‘शंखरापुर नगरपालिका जितेको ठाउँमा उभिएर बोलिरहँदा यसबेला तपाईंहरुको साथको जरुरत छ । यहाँ कुन्ती पोख्रेल, राजु विष्ट र सुनिल केसी मात्रै उठिरहेका होइनन् तपाईंहरु आफै उठिरहनुभएको छ,’ उत्साहित हुँदै भनिन् । मैले सांसद हुनुभन्दा पहिला सामाजिक अभियानमार्फत देशका विभिन्न दूर्गम ठाउँमा पुगेर महिला तथा बालबालिकामा स्वास्थ्य समस्या समाधानका लागि भिन्न सिविर सञ्चालन गरेर सहयोग गरेँ । महिला दिदीबहिनीहरलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने काम गरेँ ।

जनतामा के कस्ता समस्या छन् भन्ने कुरामा धेरै अनुभव बटेलेर आएकी छु । म आफै उद्यमी भएकाले युवाका समस्याहरु के के छन् भन्ने मलाई राम्रोसँग थाहा छ । उनले थप जोड दिइन्, ‘काठमाडौं २ नम्बर क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि मलगायत ३० जना उम्मेदवारहरु प्रतिस्पर्धामा छौं । ती सबैलाई हरेर तपाईंहरु आफै मूल्यांकन गर्नुहोस् । कोही पटक–पटक संसदमा पुगिसकेका छन् । कोही यो क्षेत्रको परिचयन नै भएका आएका छन् । तर, म यहाँ सामाजिक रुपमा धेरै काम गरेर आएकी छु । मैले समाजसेवा, उद्यमी र राजनीतिलाई एकैसाथ अगाडि बढाएर धेरै अनुभव बटुलेकी छु । ती कामहरु हरेर आफै मूल्यांकन गर्नुहोस् मलाई त्यसै भोट दिनुपर्दैन ।’ ‘मैले देश विभिन्न दूर्गम क्षेत्रमा गएर महिला तथा बालबालिकाको स्वास्थ्य सेवाको स्वास्थ्य सिविर सञ्चालन गरिन कि, देशका विभिन्न जिल्लाका महिलाहरुलाई सीपमुलक तालीम दिएर स्वरोजगार बनाइन कि ती कामको फाइल पल्टाएर तपाईंहरुले हेर्न सक्नुहुन्छ पोख्रेलले स्मरण गराइन् । उनले थप जोड दिइन्, ‘विगत ३३ वर्षदेखि यो क्षेत्रले कुन्ती पोख्रेललाई पर्खिइरहेको भन्दै अब त्यो थाती रहेको काम म पुरा गरेर छाड्छु ।’ म राष्ट्र, राष्ट्रियता र यस क्षेत्रको विकासका लागि ज्यान दिन तयार छु । जित हार आफ्नो ठाउँमा छ, म यहाँ गल्लीगल्ली, टोलटोल, घरघर घुमेकी छु, यहाँको माटोसँग भिजेकी छु । कुन ठाउँमा कस्तो विकास गर्नुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ । तपाईंहरुले मलाई जिताएर पठाउनुहोस् यो क्षेत्रको विकासको नाममा विगत ३३ वर्षदेखि कस–कसले कति बजेट मारेर खाएका छन् त्यसको एक–एक फाइल पल्टाएर हिसाबकिताब तपाईंहरुसमक्ष ल्याउने छु । यसपालि मेरो जित त हुन्छ नै हुन्छ, म संसदमा जान्छु । त्यसपछि म मात्रै होइन विकास भएन भनेर अनसन बस्ने तपाईंहरु पनि सँगै जानुपर्छ र बजेट ल्याएर विकास गर्नुपर्छ, पोख्रेलले विश्वस्त पारिन् । उनले सम्झाउँदै भनिन्, ‘कुन्ती पोख्रेलले गरेका काम पनि हेरिदिनुहोस् र अब त झन् काम गर्न नै आएकी छु, त्यसको लागि तपाईंहरुलाई एउटा सर्त छ, आगामी मंसिर ४ गते ‘हलो’मा भोट हाल्नुपर्छ ।’

मेरो जित त सुनिश्चि छ म संसद्मा जान्छु जान्छु । कुन्ती पोख्रेलले गरेका काम पनि हेरिदिनुहोस् । हामी सबैले होस्टेमा हैसे गरौं । हाम्रो जित सुनिश्चित छ पोख्रेलले विश्वास दिलाइन् ।

कार्यक्रमका प्रमुख अतिथि पशुपति शमशेर जबराले यस क्षेत्रका उम्मेदवार कुन्ती पोख्रेल, राजु विष्ट र सुनिल केसी असाध्य मन परेका व्यक्ति हुन् भन्दै यहाँ भएको बुद्धको शिर कतै नदेखेको बताए । त्यसैले शाँखु धार्मिक नगरी भएको पनि स्मरण गरे । प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार सुनिल केसीले ‘हाम्रो जित सुनिश्चत भइसकेको छ, अब घोषणा हुन मात्रै मंसिर ४ पर्खनुपरेको छ,’ बताए । त्यसैगरी काठमाडौं क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ तर्पmका उम्मेदवार राजे विष्टले शंखरापुरको विशाल जनउपस्थितिले यस क्षेत्रमा राप्रपाको जित निश्चित भएको बताएका छन् । कार्यक्रममा अन्य वक्ताहरुले पनि आ–आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्