क्षेप्यास्त्रसँगै पहिलोपटक छोरी सार्वजनिक गरेर उत्तर कोरियाली शासकले के सन्देश दिँदै छन् ?



एजेन्सी, मंसिर ४ । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरीलाई क्षेप्यास्त्र देखाइरहेको फोटोबाट सार्वजनिक गरेका छन् । सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर रोयटर्सबाट सार्वजनिक भएको हो । 

उनले आफूपछि उत्तर कोरियाको शासन सत्ता सम्हाल्न छोरी पनि तयार भइरहेको सन्देश दिन सैन्य सामाग्री अवलोकनमा सँगै गएको तस्वीर सार्वजनिक गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

शुक्रवार उत्तर कोरियाले पोङयाङ अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरमहादेश मार हान्ने क्षमताको शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । क्षेप्यास्त्र परीक्षण गर्नुअघि उनी छोरी सहित त्यहाँ उपस्थित भएको सिएनएनले पनि उल्लेख गरेको छ ।  

किमको व्यक्तिगत जीवनबारे धेरै कम सुचना मात्रै सार्वजनिक भएका छन् । उत्तर कोरियाको राष्ट्रिय खुफिया सेवाका अनुसार किमका तीन सन्तान छन् । उत्तर कोरियाली परिक्षण गरेको क्षेप्यास्त्र शुक्रवार जापानको सीमा क्षेत्रमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्