सिन्धुलीबाट ६ हजार भन्दा बढी मतान्तरले माओवादीका दाहाल विजयी



सिन्धुली,मंसिर ७ । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी भएका छन् ।

दाहाल नेकपा एमालेका मजोजजंग थापालाई ६ हजार १६२ मतान्तरले पराजित गरेर विजयी भएका हुन । दाहालले २७ हजार ५१७ मत ल्याएर विजय प्राप्त गर्दा दहालका निकतम् प्रतिद्वन्दी एमालेका थापाले २१ हजार ३५५ मत प्राप्त गरेका थिए ।

योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा पहिलो खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्