झापा–५ एमाले अध्यक्ष ओली ५१ हजार बढी मतले विजयी



झापा,मंसिर ७ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत पाएका छन् ।

अध्यक्ष ओली यससँगै छ पटक विजयी भएका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्