मकवानपुर १ (२)मा एमालेका श्रेष्ठ विजयी



मकवानपुर,मंसिर ७ । मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता आनन्दराज पराजुलीलाई पराजित गरेका हुन् । 

मतगणनाको सुरुवाती देखिनै श्रेष्ठले अग्रता कायम गरेका थिए । मतगणनाको क्रममा कहिले पहिलो त कहिले दोस्रो स्थान लिएका राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपाने भने अन्तिम मतपरिणाम आउँदा तेस्रो स्थानमा सिमित रहे । 

विजयी भएका श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार पराजुलीले १३ हजार ३५४ मत र राप्रपाका न्यौपाने ११ हजार ९०४ं मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।
 

२०७४ को निर्वाचनमा यसै क्षेत्रबाट बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले जीत हासिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्