पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित



पर्वत,मंसिर ८ । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् ।

गिरीले निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्