महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव



भक्तपुर,मंसिर ८ । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए । बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्‍याली निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्