शिवपुरीको मतगणना जारी हितबहादुर तामाङ १५४२८, बद्री मैनाली १५०९५ मत



नुवाकोट, मंसिर ८ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी छ । शिवपुरी १,२,४ को मतले गठबन्धनलाई अग्रता दिलाएको छ ।

पछिल्लो मतगणना अनुसार शिवपुरी गाउँपालिका वडा नम्बर ४ बाट नेकपा एमालेलाई ३४० मत, नेकपा (माओवादी केन्द्र)लाई २५८ मत बढेको छ ।

हाल गठबन्धनका तामाङ ३३३ मतसहित अगाडि बढेका छन् । आफ्नो छुट्टै वर्चस्व रहेको बताउदै आएको गठबन्धनले थप मतान्तर बढाउने संकेत देखिएको छ ।

निकै रोमाञ्चक मत मतान्तर चलिरहेको यस क्षेत्रका उम्मेदवार तामाङले कुल १५४२८ मत र एमालेका मैनालीले १५०९५ मत हासिल गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर १, प्रदेश सभा १ को मतगणना समेत सुरु भएको छ । गठबन्धनका राधिका तामाङले ९८९ मत र एमालेले ४६६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्