नुवाकोट १ परिणाम: गठबन्धनका हितबहादुर तामाङको झण्डै ३ हजार मतको अग्रता कायमै



नुवाकोट,मंसिर ९ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर ले झण्डै ३ हजारको अग्रता कायमै राखेका छन् ।

नेता तामाङले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ मा ७६६ मत प्राप्त गरेका छन् । गठबन्धनको राम्रै वर्चस्व रहेको दावी गर्दै आएका गठबन्धनले बाकी मतगणनामा समेत उल्लेख्य मत हासिल गर्ने एक नेताले बताए ।

गठबन्धनसंग भिडेका नेकपा एमालेको मत भने कम आएको छ । साझापथलाई प्राप्त तथ्यांकअनुसार दुप्चेस्वर गाउँपालिका वडा नम्बर ३ मा १८२ मात्रै पाउन सफल भएको छ ।

पहिलो चरणमा मतमतान्तरमा अगाडि लागेको नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले कुल २०९८१ मत पाउदा गठबन्धनका तामाङको २३६८२ मत रहेको छ ।

यसैबीच एमालेका उम्मेदवार बद्री मैनालीले मतदाता र सहयोगीलाई धन्यवाद व्यक्त गरेका छन् । मैनालीले अथक प्रयासका बाबजुद अभियान सफल हुन नसकेकोमा दुख व्यक्त गरेका छन् । यद्यपि आम नुवाकोटवासीको विश्वासलाई मत परिणाममा बदल्न नसके पनि हरपल सहयोग गर्ने बताएका छन् । प्रतिकूल परिणामको बाबजुद पनि जिम्मेवारी आफ्नो काँधमा लिन र समिक्षा लिनदिन तयारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्