नुवाकोट क्षेत्र नम्बर १ मतगणना अन्तिम चरणमा, माओवादी केन्द्रको पुग्यो २५९०८ मत



नुवाकोट,मंसिर ९ । नुवाकोटको क्षेत्र नम्बर १ को मतगणना जारी छ । मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ ।

पछिल्लो मतगणना अनुसार दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ बाट प्राप्त मत एमालेलाई ४९० मत र माओवादी केन्द्रलाई ६२९ मत रहेको छ ।

उक्त मतसंगै माओवादी केन्द्रको कुल २५९०८ मत र नेकपा एमालेलाई २२६०५ मत रहेको छ । मतगणना सम्पन्न हुन अझै १ घण्टा लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्