नुवाकोट १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी



नुवाकोट, मंसिर ९ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका हितबहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङले नेकपा एमालेका बद्री मैनालीलाई ३०९४ मतले पराजित गरेका हुन् ।

तामाङले २६ हजार ५५६ मत हासिल गरेका छन् भने एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्