केपी ओली सहित देशी विदेशी शक्तिले मलाई हराउन धाँदली गरे, पुनः मतदान हुनुपर्छ: झलनाथ खनाल



ईलाम,मंसिर १०। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न माग गरेका छन्। एमाले अध्यक्ष केपी ओली लगायतले आफुलाई हराउन लागिपरेको र त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको आरोप छ ।

इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । ‘झन्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ’, शुक्रबारको विवादबारे उनले भने, ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् । यो पूरापूर धाँदली हो, खनालले भने अब आफ्ना प्रतिनिधिहरुले निर्वाचन परिणामममा हस्ताक्षर नगर्ने पनि दावी गरे ।

खनालले आफूलाई हराउन ८ करोड भन्दा धेरै पैसा बाँडिएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्