नुवाकोट २ मा गठबन्धनका अर्जुननरसिंह केसी फराकिलो अन्तरले विजयी



नुवाकोट,मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।

सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेस नेता केसीले २८ हजार एक सय सात मत प्राप्त गरी विजय भएका हुन् ।

नेता केसीको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ मतमा चित्त बुझाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्