८० लाख समानुपातिक मतगन्दा पनि ५ दलको मात्रै ३ लाख कट्यो, नेकपा एसको २ लाख मात्रै



काठमाडौं,मंसिर ११ । समानुपातिकतर्फ ८० लाख ७० हजार मतगणना सकिएको छ । खसेको मतको करीब ८० प्रतिशत मतगणना सकिँदासम्म ५ दलले मात्रै ३ लाख भन्दा बढी मत ल्याएका छन् ।

नेकपा एमालेले सर्वाधिक २२ लाख ३० हजार मत ल्याउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ३५ हजार मत ल्याएको छ । कांग्रेसभन्दा एमाले करीब १ लाख मतले अघि छ ।

नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ९/९ दाख मत द्याउँदा ४ लाख ७७ हजार मत सहित राप्रपा पाँचौ स्थानमा छ । 

जनता समाजवादी पार्टी २ लाख ६१ हजार मत सहित छैटौं स्थानमा हुँदा एकीकृत समाजवादी पार्टी २ लाख ८ हजार मत सहित सातौं स्थानमा छ । 

सिके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी १ लाख ९६ हजार र १ लाख ९० हजार सहित पच्छ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको १ लाख मत कटेको छ । ्यो बाहेक अन्य दलहरूले १ लाख मत कटाउन सकेका छैनन् ।

शनिबार अबेरसम्मको तथ्यांक

प्रतिक्रिया दिनुहोस्