मतगणना विवादका बीच एमाले नेता नेम्वाङ ११४ मतान्तरमा विजयी, लगातार ५ पटक निर्वाचित



इलाम,मंसिर ११इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् ।

नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् । नेम्वाङ ११४ मतान्तरमा विजयी भएका छन् ।

यसअघि मतगणनामा विवाद हुँदा गणनानै स्थगित भएको थियो । शनिवार राति ९ बजेदेखि फेरि गणना शुरू गरेपछि नेम्वाङ विजयी भएका हुन् ।

नेम्वाङ उक्त क्षेत्रबाट लगातार पाँचौ  पटक सांसद निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्