१५६ स्थानको मतपरिणम सार्वजनिक, यी हुन एमालेले जितेका क्षेत्रहरु



काठमाडौं,मंसिर ११ । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै अहिलेसम्म अधिकांश क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । आइतबार दिउँसो १२ बजेसम्म १५६ क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक भएको हो ।

अहिलेसम्मको मत परिणमलाई हेर्दा नेपाल कांग्रेस पहिलो पार्टी हुने निश्चित भएको छ । ५ दलित गठबँन्धनका बीच पनि निकै राम्रा नतिजा ल्याई नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसले ५३ क्षेत्रमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता कायम राखेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा जित र २ ठाउँमा अग्रता बनाएको छ ।

त्यस्तै, माओवादीले १७ क्षेत्र, एकीकृत समाजवादीले १० क्षेत्र, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ क्षेत्र, राप्रवाले ७ क्षेत्र, जसपाले ६ क्षेत्र र १ ठाउँमा अग्रता निकालेको छ । लोसपाले ४ क्षेत्र, नाउँपा ३ क्षेत्र अन्य पार्टीले ८ क्षेत्रमा जित निकालेको छ ।

एमालेले जितका क्षेत्र पाँचथर १ बसन्त कुमार नेम्वाङ, प्युठान १ सूर्यबहादुर थापा क्षेत्री, सर्लाही ३ हरि प्रसाद उप्रेती, सिराहा ३ लिलानाथ श्रेष्ठ, पर्वत १ पदम गिरी, सुनसरी २ भीमप्रसाद आचार्य, बैतडी १ दामोदर भण्डारी, मकपानपुर २ महेश कुमार वर्तौला, बाँके १ सूर्यप्रसाद ढकाल, झापा २ देवराज घिमिरे, गुल्मी २ गोकर्ण विष्ट, कन्चनपुर २ तारा लामा तमाङ, पाल्पा १ नारायण प्रसाद आचार्य, पाल्पा २ ठाकुर प्रसाद गैरे, झापा ४ लाल प्रसाद साँवा लिम्बुले जित हासिल गरेको छन्

त्यस्तै, अर्घाखाँची १ टोपबहादुर रायमाझी, काठमाडौं ९ कृष्ण गोपाल क्षेष्ठ, रुपन्देही १ छबिलाल विश्वकर्मा, धनुषा ३ जुली कुमारी महतो, सोलुखुम्बु १ मानवीर राई, बारा १ अच्युत प्रसाद मैनाली, कास्की १ मन बहादुर गुरुङ, उदयपुर २ अम्बर बहादुर रायामाझी, बारा ३ ज्वाला कुमारी साह, कास्की २ विद्या भट्टराई, धनकुटा १ राजेन्द्र कुमार राई, महोत्तरी १ लझ्मी महतो कोइरी, कास्की ३ दामोदर पौडेल वैरागी, रुपन्देही ५ बासु देव घिमिरे, ललितपुर २ प्रेम बहादुर महर्जन, मोरङ २ ऋषिकेश पोखरेल, कपिलबस्तु १ बलराम अधिकारी, पर्सा ३ राज कुमार गुप्ता, कपिलबस्तु ३ मंगल प्रसाद गुप्ता, सिराहा १ राम शंकर यादव, काभ्रे २ गोकुलप्रसाद बाँस्कोटा, ताप्लेजुङ १ योगेशकुमार भट्टराई, इलाम २ सुवासचन्द्र नेम्वाङ, झापा ५ केपी शर्मा ओलि, रुपन्देही २ विष्णुप्रसाद पौडेल, पृथ्वीसुव्वा गुरङले जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्