मधेस प्रदेशमा भोलि सार्वजनिक विदा



काठमाडौं, मंसिर ११ । सीताराम विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विवाहको पञ्चमीको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदाको जानकारी पनि दिएका हुन् ।

हरेक वर्ष झै यस वर्षपनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सवको आयोजना गरिएको छ। भोलि जानकी मन्दिर परिसरमा सीता र रामको स्वयंम्बर समारोह हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्