घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौ,मंसिर १२ । सोमबार सुनको मूल्य घटेको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९७ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार २९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्