महानगरले डोजर चलाएपछि सुकुम्बासी बस्ती तनावग्रस्त



काठमाडौं,मन्सिर १२ । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनाव भएको हो ।

सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्