मेरो काधमा थप जिम्मेवारी थपियो- हितबहादुर तामाङ



नुवाकोट, मंसिर १२ । नेकपा (माओवादी केन्द्र) का नेता तथा क्षेत्र नम्बर १ गठबन्धनका नव विजेता हितबहादुर तामाङले आफ्नो काधमा थप जिम्मेवारी थपिएको बताएका छन् ।

नेता तामाङले गठबन्धन पश्चात् विजय जुलुस जाँदै गर्दा स्थानीयले लगाइदिएको फुलमालाले आफुलाई थप जिम्मेवारी थपिदिएको महसुस भएको बताएका हुन् ।

जोजस्ले चुनावमा पराजय भोगे उनीहरु जिम्मेवारीबाट पन्छिएको जस्तो लाग्छ’ नेता तामाङले भने- ‘अबिर र फूलमाला लगाईदिएपछि म भने थप जिम्मेवारीको महसुस गरेको छु।’

आफुलाई जनताले दिएको माया र विश्वास मनन गर्दै भावुक हुने गरेको बताउदै तामाङले आम जनसमुदायको भावना अनुरुप विकास निर्माणका काममा खटिने बताए ।

प्रतिक्रिया दिनुहोस्